बाके ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका ९ निवासी बाजे दयाराम शर्मा, बुवा देबिलाल शर्मा का छोरा भरत प्रसाद शर्मा भारतको गुजरातबाट नेपाल फर्कंदै गर्दा परिवारसँग सकुसल बाँके जिल्लाको कोहलपुरसम्म आइपुगेका थिए। तर २०८२ साल वैशाख २१ गते दिउँसो करिब २:२५ बजे, “म गाउँको आफ्न्त कमल रोकायलाई भेट्न जान्छु” भनेर बाहिर निस्किएपछि एकाएक सम्पर्कविहीन भएका छन्।
परिवार र आफन्तजनले निरन्तर खोजी गर्दा पनि अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। यसबारेमा इलाका प्रहरी कार्यालय, कोहलपुरमा निवेदन दिइसकिएको छ। आजसम्म ५ दिन बितिसक्दा पनि उहाँको अवस्थाबारे केही पत्ता लागेको छैन।
हामीलाई आशंका छ कि उहाँ फेरि भारततर्फ गएका हुन सक्छन्। त्यसैले नेपाल तथा भारतको जुनसुकै स्थानमा उहाँलाई देख्नु हुने, भेट्नु हुने वा अवस्थाबारे थाहा पाउनु हुने महानुभावहरुले तुरुन्तै नजिकको प्रहरी कार्यालय वा तलका सम्पर्क नम्बरहरूमा जानकारी गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 सम्पर्क नम्बरहरू
- भारत नम्बर: +91-96595533912
- नेपाल नम्बर: 9866205682
यस सूचनालाई जति सक्दो धेरै सेयर गरी खोजी अभियानमा सहयोग गर्न सबैमा आग्रह गर्दछौं।