• २०८२, २१ भाद्र शनिबार
0 COMMENTS

जाजरकोट !!

जाजरकोट जिल्ला छेडागाड नगरपालिका वडा न ९ निवासी अमर बहादुर बुढा ले आफू कठिन परिस्थिति मा बाच्ना सिकेको मान्छे म भनेका छन ।

 

हामीसग को कुराकानी मा बुढा आफ्ना हरेक दुखका बेदना पोख्दै सघर्ष शिल जीवन बताएको देखाए ।

उनिको अभिव्यक्ति जस्ताको त्यस्तै सार्ने प्रयास हामिले गरेका छौ ।

म  अमर बहादुर बुढा सानै अबस्थामा पनि समाज परिवर्तन गर्नु पर्छ भनेर अगाडि बढेको एक युवक हु । जसमा म स्वम परिवर्तन नभैकन दुनियाँ लाई परिवर्तन सकिदैन भनेर आफुलाइ परिवर्तन गर्न को लागि जिबन धेरै दुख भोगे मेरो  ८ बर्ष को अबस्थामा बुबा को निधन भयो १३  बर्ष को अबस्थामा आमाको निधन भयो ।

आमा बाबा को निधन भैसकेपछी मैले धेरै संघर्ष गर्नु पर्यो भारत बाट पैसा कमाएर पाल्पा मा CmA पढे  भयो अरुकोघरमा काम गरेर भएपनि पडाइ लाई छोड्नु भएन भन्ने म सग ठूलो आट थियो ।

यो आटलाई आत्मासाथ गरेर अगाडि बढे , जीवन एक पृष्ठ हो जो खाली हुन्छ । यसलाई म आफै  रंगिन बनाउछु भन्ना तर्फ लागे  बनाए पनि , पाल्पा बाट पढेर आउना बित्तिकै म २०७९ सालमा जागिरमा जोडिए  , अलि मलाइ आनन्द त आयो तर मन मा शान्ति छाएना , मेरो मनमा  मलाइ एउटै मात्र प्रश्न चलिरहेको थियो   परिवर्तन कसरी  गर्ना सकिन्छ ? 

जिवनका  हरेक बाटो घुम्ती र मोड्मा परिवर्तन को आवाज उठ्ना थाल्यो त्यस पछि मैले खाइपाइ आएको जागीर पनि २०८२ असार १६ गते को दिन छोडे र आज रा प्र प्रा नेपालको  एक सच्चा सिपाही  भएर जनतामाझ जाने तयारी गरेको छु ।

 

           

 

राजनीति बाट जनताको सेवा कसरी हुनसक्छ र? 

बास्तामा म गरिब परिवारमा हुर्केको बढेको र कालापाहाड बाट पैसा कमाएर पढेको एक युवक हु ।  हाम्रो समाजमा राजनिती लाई आफ्नो पेसा बनाइरहेका छन तर बास्तामा राजनिती सेवा हो  ईमानदार तरिकाले मानिस ले राजनीति गर्यो भने राजनीति बाट  जनताको सेवा गर्ने एक सुनौलो अबसर हो ।

अहिले राप्रपा को कुन पद को भुमिका रहनु भएको छ ?

म जिल्ला समिति जाजरकोटको प्रबक्ता को जिम्मेवारी निबाह गरिराखेको छु । 

धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।