• २०८२, ६ श्रावण मंगलवार
0 COMMENTS

जाजरकोट ।

नेपाली कांग्रेस जाजरकोटका युवा नेता एवं छेडागाड नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्रबहादुर थापाले जनताले गरेको आशासँगै नेतृत्वले विश्वास नगरेको टिप्पणी गरेका छन्।

एक त जाजरकोट जिल्ला विकासको हिसाबले निकै विकट जिल्ला हो त्यसैमा जाजरकोट को पश्चिम क्षेत्र झन् भौगोलिक दृष्टिकोणले एकदम टाढा र विकट क्षेत्र मानिन्छ।
जनताका इच्छा आकांक्षा र चाहनालाई मध्यनजर गर्दै जनताले सोचेका सपनाहरुलाई साकार बनाउनका निमित्त अगाडि बढ्नु नै सक्षम नेतृत्व हो तर जाजरकोट जिल्लामा पटकपटक चुनाव जितेर पनि जनताको आँखामा पट्टी बाँधिदिएको प्रष्टै देख्न सकिन्छ।
शिक्षा स्वास्थ्य यातायात लगायत विभिन्न क्षेत्रमा कठिनाइको रुपमा मानिएको पश्चिम जाजरकोट अहिले झन् कटौलतामा बाँधिरहेको छ।
व्यक्तिगत रुपमा मै जनतालाई सेवा सुविधा तथा सेवा प्रदान गर्न सक्छु भन्दै हेर्ने नेताहरू पनि अहिले निजि संस्था र स्थानीय तहको भरमा बाँचिरहेका छन्।

मुलुक मा संघीयता आए संगै ७५३ वटा पालिकाहरुमा १५ शैया को अस्पताल को मापदणड बनायको थियो त्यसमा हाम्रो छेडागाड नगरपालिकामा पनि झाप्रा स्वास्थय चौकी लाई स्तर वृद्धि गरेर झाप्रा अस्पतालको नाम मन्त्री परिषदबाट निर्णय भएको थियो । उक्त अस्पताल निर्माणको लागि ठेक्का भएर काम पनि अन्तिम चरणमा छ।

२ करोड ३६ लाखको बजेट सुनिश्चित गरिएता पनि छेडागाड नगरपालिकाले रकम भुक्तानी नदिएको र नगरपालिकाले नगरसभाको नीति तथा कार्यक्रममा अस्पताललाई स्तान्तर गर्नको लागि कार्यक्रम गराएको थियो । त्यो कार्यक्रम गरिसके पछि
साविकका झाप्रा गाविस र पजारु गाविसका आम जनताबाट गुनासो आइरहेको छ। उक्त निर्माणधीन रहेको अस्पतालको जग्गादातालाई पनि कार्यालय सहयोगी रुपमा काम लगाएको र नियत रुपमा हटाइएकोमा खेत प्रकट गर्न चाहन्छु।

      हाम्रो माननीय मन्त्री ज्यु प्रतिको जनताको आपत्ति 

१० वर्ष पहिला निजी अस्पताल सञ्चालन गर्छु भन्दै विभिन्न प्रकारका आसपासन देखाउँदै विभिन्न प्रकारका नाराहरू बनाउँदै पाँच करोडको निजि लगानिमा २५ सैयाको अस्पताल निर्माण गरेर जाजरकोटका जनतालाई सुर्खेत नेपालगञ्ज काठमाडौँ जस्ता सहरमा उपचार जानु नपर्ने गरेर हस्पिटल सञ्चालन म ल्याउँछु भन्नू भएको हैना र? किना नगर अस्पताल नै फुर्की चौर लिनुभएको यस्मा मेरो आपती छ ।

            लेखक :

लोकेन्द्र बहादुर थापा नेपाली कांग्रेस जाजरकोट का नेता एवं छेडागाड नगरपालिका वडा न ११ का वडा अध्यक्ष हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।