सम्पादकीय ।
श्रावण १२ महिनाहरू मध्यको एक महिना हो। निरयन सौरमास सूत्रका अनुसार श्रावणमासको प्रारम्भ कर्कट सक्रांतिका दिनदेखि मानिन्छ। अमान्त चन्द्रमासका अनुसार श्रावणमासको प्रारम्भ आषाढ अमावास्याको भोलिपल्ट देखि र पूर्णिमान्त चन्द्रमासका अनुसार आषाढ पूर्णिमाको भोलिपल्ट देखि प्रारम्भ मानिन्छ। वेदांग ज्योतिषानुसार अमान्त चान्द्रश्रावणमास शुक्लपक्ष प्रतिपदादेखि चान्द्रवर्षको दक्षिणायन शुरु हुन्छ। सौर दक्षिणायन चाहिँ सायन कर्कटे सूर्य भनिएका दिनदेखि शुरु हुन्छ। शाक्यपञ्चांगकाअनुसार श्रावणमहिनाको प्रारम्भ कर्कट सक्रांतिको ५ दिन पछि हुन्छ। सामान्यतया सूर्यमास सूत्रलाई नै प्रयोगमा ल्याएको पाइन्छ। अङ्ग्रेजी महिनाको जुलाई र अगस्टआधा आधा महिना श्रावण महिनामा पर्दछन्। श्रावण महिना वर्षाऋतुको पहिलो महिना हो। यो महिना सायन कर्कटमास र निरयन कर्कटमास गरी दुई प्रकारको हुन्छ। सायन कर्कटमास निरयन आषाढमासको ७ गतेबाट प्रारम्भ हुन्छ|जसलाई पञ्चांगकारहरूले (सायनकर्कटे सूर्यः) भनेर उल्लेख गरेका हुन्छन्। यसरी हेर्दा सायन सूर्य र निरयन सूर्य सायन श्रावणमास र निरयन श्रावणमास भरी कर्कट राशिमा रहन्छन् ।
श्रावण अन्य महिना को तुलनामा बलियो महिना मानिन्छ ।