• २०८२, ६ श्रावण मंगलवार
0 COMMENTS

शिक्षाको कुरामा, गम्भीर छ यो पाटो,
सरकार र शिक्षक, खिचातानी किन यस्तो?
शिक्षा ऐन बन्नुपर्ने, देशको भविष्य हेरी,
स्वार्थको राजनीतिले, भैगो भद्रगोल फेरी।

विद्यार्थीको आशा, अभिभावकको सपना,
कहाँ गयो त्यो सोच, कहाँ गयो चेतना ?
शिक्षक भन्छन्, ‘हाम्रो माग छिटो पूरा होस्’,
सरकार भन्छ, ‘अधिकारको कुरा पोखोस।’

सेवा आयोगको कुरामा, अस्थायीको पिरलो,
ग्रेड वृद्धि, तलब भत्ता, बढुवामा किन ढिलो?
यी सबैका बीचमा, गुणस्तर पनि खस्कियो,
नयाँ पुस्ताको भविष्य, अन्धकारमा फस्यो।

ए सरकार! सुन त, जनताको आवाज,
शिक्षक हुन् राष्ट्रका, सच्चा सारथी, ताज।
उनीहरूका गुनासा, सुनिदेऊ एकपटक,
निकाला गर समस्या, नदेखाऊ पछि हट।

ए शिक्षक महासंघ! तिमी पनि सोच,
आन्दोलनले मात्रै, अब समाधान नरोज?
संवाद गर, बुझाऊ, आफ्नो कुरा राख,
शिक्षाको ज्योति बाल्न, सधैं अघि लाग।

अब त उठौं, हामी सबै मिली एकजुट भई,
सामुदायिक विद्यालयलाई, बनाऔं राम्रो सई।
नयाँ शिक्षा ऐनले, फलोस्, फुलोस् हाम्रो देश,
सुनौलो भविष्य कोर्न, मेटियोस् द्वन्द्व- मदभेद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।