- बाके ,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासित डा. मुकुल ढकालले आफू अझै महामन्त्री रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार ढकालले बुधबार रिट दायर गरेका हुन्, जसमा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको छ।
ढकालले रास्वपा कार्यालय, केन्द्रीय कार्यसमिति, सभापति रवि लामिछाने, हालका महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झालाई विपक्षी बनाएका छन निर्वाचन यसअघि ढकालकै नाममा महामन्त्री अद्यावधिक रहेको पत्र दिएको थियो। आयोगका अनुसार अन्तिम अद्यावधिक विवरण २०८० चैत २० मा प्राप्त भएको हो । ढकाललाई २०८१ भदौमा साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो, तर सो विवरण आयोगमा अद्यावधिक गरिएको थिएन।
ढकालको दाबीपछि असार ७ गते बसेको रास्वपाको केन्द्रीय समिति बैठकले कविन्द्र बुर्लाकोटीलाई महामन्त्री तोकेको थियो