• २०८२, ७ श्रावण बुधबार
0 COMMENTS

मेरो  जाजरकोट                    

लोकेन्द्रराज शर्मा                                   

जाजरकोट जिल्ला कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला हाे । यो जिल्ला २८ डिग्री ४९ मिनेट २२ सेकेन्ड देखि ८२ डिग्री ३४ मिनेट ४६ सेकेन्ड पूर्वी देशान्तरसम्म अवस्थित छ । समुन्द्र सतहबाट ६१० मि्‍. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम पश्चिम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पश्चिम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि. छ भने २०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,८९,३६० रहेको छ ।

नेपालको संघीय राज्य पुनःसंरचना अनुसार हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख आर्थिक स्राेत कृषी रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्राेतमा धनी जिल्ला हो । यँहा राष्ट्रियस्तरको नलसिंगाड जलविद्युत परियोजना संचालनको क्रममा छ । त्यस्तै जाजरकोट डोल्पा, जाजरकोट जुम्ला तथा मध्यपहाडी लोकमार्गको निर्माण पछी यो जिल्ला एउटा व्यापारिक केन्द्रको रुपमा विकास हुने देखिन्छ ।

धार्मिक स्थल , तथा रमणीय स्थल हरु 

जाजरकोट जिल्लामा भेरी नदि, छेडागाड र नलसिङ्ग गाड नौधरी ताल, बेर पोखरी (खलंगा) नौमुली ताल (कामीडाँडा), पोखरा ताल (भुर) यहाँ रहेका नदि तथा तालतलैया हुन भने शिवालय, कालिका मन्दिर, सरुपैंकको मष्टो देवताको थान, दशेराको सुवा चौर , सुयाडा मन्दिर , मेल्य रुकुमाला देउतिबज्यै , सुवानाउलीको  गोर्यादेउ मस्टो , ढड्गाउमस्टो ,  सक्लाको पिनलेखी, चित्रलेखदेवी, शेषनारायण मन्दिर, भैनगाँउ, राँगा बाँचिलो देवताको स्थान, खातीगुर्ता भगवती मन्दिर, घोगीडाँडाको प्राचीन बौद्धस्तुप, ढिमेगाँउको माझदेव मन्दिर, ऐतिहासिक मन्दिर जगतीपुर, जोगीडाँडा, नलगाँडको चमेरे ओडार, ओगेनाको ओगेना ओडार, त्रिदेवी गुफा, थालाभिउसको बाबाकुटी, मालिका गुफा, मजकोटको भैरवस्थान, ठाकुरजीगाद, साईद्धार, पैंकको नदैडाव, खगेनकोट मैदे गाँउको दरवारको भग्नावशेष र रग्दा गाविसको तल्लुकोट भगवती खलंगा, बाहुनथाना आदि जाजरकोट जिल्लाका पर्यटकिय तथा धार्मिक स्थलहरू हुन । 

जिल्लाको गर्भिलो इतिहास 

पौराणिक कालमा कर्णाली भेगमा (हाल जुम्ला जिल्लाको सिंजा क्षेत्रमा) खस जातीका मल्ल राजाहरूले एउटा विशाल राज्यको स्थापना गरेको पाइन्छ। अहिलेको जाजरकोट जिल्लाको क्षेत्रपनि त्यसताका सोहि राज्यमा थियो। धेरै राजाहरूले राज्य गरिसकेपछि ई.स. १८३३ ताका जुम्ला राज्य टुक्रिएर स साना बाईसे चौबिसे राज्यको उदय भएको थियो। सोहि समयमा शाके सम्वत १३००–१४५५ को आसपासमा भेरी नदीको पश्चिमी किनारा स्थित जगतीपुरलाई जगतीसिंह भन्ने राजाले राजधानी बनाई जाजरकोटमा राज्य सञ्चालन गरेका थिए। ईतिहास अनुसार त्यतिबेलाको जाजरकोट एउटा साम्राज्यको रूपमा विकसित भएको साथै त्यसको सिमाना जुम्लाबाट दक्षिण गङ्गा नदीसम्म, पश्चिममा दैलेख र पूर्वमा गण्डकी नदीसम्म फैलिएको थियो। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेको बेलामा समेत जाजरकोटलाई हमला नगरी छुटै राज्यको रूपमा मान्यता दिएको र राज्य रजौटा ऐन २०१७ अनुसार पनि जाजरकोटी राजाको अस्तित्व कायम रहेको अभिलेखबाट देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।