बाँके जिल्लाको कोहलपुर बजार देखि दैलेख जिल्ला नौमुले गाँउपालिका ८ चौरठा घर भएका प्रकाश ढकाल नामका एक जना युवक घरपरिवारबाट सम्पर्क विहिन भएका छन् । उनी कामको शिलशिलामा स–परिवार भारतको सिम्लामा बसोबास गर्दै आएका थिए । दैलेख जिल्ला नौमुले गाँउपालिका ८ चौरठा निवासी टिमुरघरे काँइला (इन्द्र प्रसाद ढकाल) का जेठा छोरा बर्ष २५ का प्रकाश ढकाल भारतको सिम्लाबाट कोहलपुर आएको केहि दिन सम्म सम्पर्कमा रहेपनि यहि मिति २०८२ बैशाख १८ गते देखि सम्पर्कमा नआएको कारण कहीँ कतै देख्नु हुने र भेट्नु हुने जो कोहिले नजिकैको नेपाल प्रहरी कार्यालय तथा घरपरिवारका सदस्यहरुको निम्न नाम,ठेगाना र सम्पर्क नम्बरमा खोजी कार्यका लागि सहयोग गरिदिनुहना बुवा इन्द्र प्रसाद ढकालले अनुरोध गरेका छन् । उनले सम्पर्कको लागि कोहलपुरमा रहनु हुने प्रकाश ढकालका जेठो ठुलो बुवा कविलाल ढकाल (९८४५१९०९१४) भारत सिम्लामा रहनु भएका बुवा इन्द्र प्रसाद ढकाल (+९१७०१८४०७१६७)(भाइ राजेन्द्र ढकाल(९७६४७१२११०) मा सम्पर्क गरिदिना पिडित पक्षले अनुरोध गरेका छन् ।