जाजरकोट ।।
छेडागाड नगरपालिका वडा नम्बर ३ स्थित लमारा,गोठी टोलमा एक घर एक धारा निर्माण कार्य सप्पन्न भैई उद्द्घाटन भएको छ।नेपालको संबिधानले प्रत्यक नागरिकले स्वच्छ पानी पिउन पाउनु पर्ने उल्लेख कार्यक्रम अन्तर्गत सोही योजना कार्यन्वनकै चरणमा हेल्भेटास नेपाल र छेडागाड नगरपालिकाको आर्थिक सहयोगमा जाजरकोट स्थित पाहाडी क्षेत्र बिकास अभियान को प्राविधिक तथा सामाजिक सहजीकरणमा सम्पन्न भएको हो।
स२०८२/०२/२२ गत्ते गरिईएको उद्द्घाटन तथा सार्वजनिक सुनुवाई कार्यक्रमा कार्यक्रम को अध्यक्षता श्री डाडां पधेरा लमारा खानेपानी निर्माण उपभोक्ता समितिका अध्यक्ष श्री माधब कुमार बुढा ले गर्नु भएको थियो भने छेडागाड नगरपालिकाका नगर उप- प्रमुख श्री चन्द्र बहादुर थापा को प्रमुख आतिथ्य्तामा पहाडी क्षेत्र बिकास अभियान जाजरकोट का सचिब श्री गणेश प्रसाद जैसि छेडागाड नगरपालिकाका कार्यपालिका सदस्य श्री देविसरा अधिकारी, तुल्सी शाही चन्द नगरपालिकाका इन्जिनियर श्री प्रेम प्रकाश केसी योजना शाखा प्रमुख श्री प्रेम बहादुर शाही ३ नम्बर वडा प्राविधिक श्री हरिहर अधिकारी २ नम्बर वडा प्राबिधिक श्री कृष्ण शर्मा को उपस्थितिमा गरिएको छ र सोही योजना बाट खानेपानि प्रयोग गर्ने ८२ वटा(धारा) सम्पुर्ण लाभग्राहिको उपस्थितिमा खानेपानी उद्द्घाटन गरिनुका साथै हेल्भेटास नेपाल द्ववारा बिनियोजित रकम रु ३२६९४७४|९४ नगरपालिका बाट बिनियोजित रकम रु १५८८०६५ |५५ जनश्रमदान रकम रु .१५९४९७९ कुल जम्मा ६४५२५२०|३२ सोही रकमको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिईएको कुरा छेडागाड नगरपालिका वडा नम्बर ३ का वडा प्राविधिक हरिहर अधिकारी ले हाम्रो अनलाईन खबरलाई जानकारी गराउनु भएको छ।