• २०८२, २४ जेष्ठ शनिबार
0 COMMENTS

धनकुटा —कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानीका गर्न आग्रह गरेका छन ।
आज भेडेटारस्थित स्काइवाक अवलोकनपछि उनले निर्माण कम्पनी वन्डर्स एम्युजमेन्ट पार्क्स एन्ड अट्रयाक्सन्स प्रालिलाई कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना भएको उल्लेख गर्दै लगानी गर्न आग्रहसहित अवाश्यक सहजीकरणका लागि आफू तयार भएको बताए ।

‘स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, डरमिश्रित खुसीको अनुभव भयो । म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गरोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ,’ मुख्यमन्त्री कँडेलले भने । उनले स्काइवाकमा हिँड्दा डरसँगै खुसीको अनुभव भएको प्रतिक्रिया समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।