• २०८२, २३ जेष्ठ शुक्रबार
0 COMMENTS

जाजरकोट/ जाजरकोट छेडागाड नगरपालिका वडा नं २ का वडा अध्यक्ष बालकृष्ण बुढाको पहलमा छेडागाड नगरपालिका वडा नम्बर २ बस्ने देवी सुनारको छोरा निराजन सुनारको घाँटीको अपरेसन सफल भएको छ।
छेडागाड नगरपालिका वडा नं २ निवासी पूर्व जिल्ला विकास समिति जाजरकोटका उपसभापति कृष्णबहादुर बिसीको समन्वय र छेडागाड नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बालकृष्ण बुढाको अनुरोधमा छेडागाड नगरपालिका नगरप्रमुख रत्नबहादुर खड्काले दुई लाख ५० हजार व्यक्तिगत सहयोग र १ लाख नगरपालिका बाट सहयोग गरेका छन् ।

नगरपालिका नगर उपप्रमुख चन्द्रबहादुर थापाले आफ्नो बैठक भत्ताबाट रु १५ हजार सहयोग गरेका छन्। यस्तै वडा नम्बर २ का वडा अध्यक्ष बालकृष्ण बुढाले आफ्नो व्यक्तिगत रु ५००० निराजन सुनारको उपचारमा सहयोग गरेको हामीलाई बताएका छन्।
जीवन र मृत्युको रुपमा लडिरहेका निराजन सुनारले भने घाँटीको अपरेसन पछि अहिले आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।