जाजरकोट सम्वाददाता । जाजरकोटको छेडागाडमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छेडागाड नगरपालिका वडा नम्बर ६ मेहेल्ने घर भएकी सरिता केसीको रुखबाट लडेर आइतबार मृत्यु भएको हो ।
६ नम्बर वडाको उलिसैन भन्ने जंगलमा लालिगुराँसको फुल टिप्ने क्रममा ४२ बर्षिय केसीको मृत्यु भएको पारिवारीक श्रोतले बताएको छ ।
मृतक केसीका श्रीमान र ३ छोराछोरी छ्न । सोमबार हिन्दु परम्परा अनुसार दाससंस्कार हुने बताइएको छ ।