• २०८२, ६ बैशाख शनिबार
0 COMMENTS

जाजरकोट ।।।
जाजरकोट कुशे गाउँपालिका
५ दम्दला बाट सरिया लोड गरी पांचकाटिया तर्फ आउदै गरेको SK निर्माण सेवा कम्पनीको रा.१ त.४४७१ नं. को ट्याक्टरले जाजरकोट भेरी न.पा. २ तिमिले बस्ने लक्ष्मण सिहको छोरा बर्ष अं.१५/१६ को सन्तोष सिहलाई ठक्करदिई निज सिहको घटनास्थलमानै मृत्यु भएको छ ।

स्थानियको जानकारी अनुसार प्रहरी चौकी पांचकाटियालाई जानकारी प्राप्त भएको थियो ।प्र.स.नि.यम बहादुर गुरुङको कमाण्डमा ५ जनाको टोली खटिएको प्रहरी चौकी पाँचकाटियाले जनाएको छ।
प्रहरी सहायक निरेक्षक यम बहादुर गुरुङका अनुसार चालक फरार रहेको र खाेजि कार्य जारी रहेको बताए । ट्याक्टर प्रहरीको नियन्त्रणमा छ । उक्त घटना स्थल प्र.चौ.पाचकाटिया जाजरकोट बाट १ कि मि पक्षिम रहेको जानकारी प्राप्त भएको छ ।
थप अनुसन्धानको लागी जि.प्र.का. जाजरकोट बाट प्र.नि. सन्तोष चन्दको कमाण्डमा ११ जनाको टोली खटिएकाे सोर्तले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।