जवान छोराछोरी खाडीमा पसिना बगाउछन् !
वनपाखामा बुढा आमाबुबा गित गुनगुनाउछन् !!
कति गुलामी गर्छौं कसैको खुट्टाको धुलो भएर !
सम्झन्छिन दुःख तिम्रा आमाका आखा रसाउछन् !!
अखिर देश नचपाई निल्नेहरूको जमात छ देशमा !
देशमा पराइले टेक्दा यी नेताहरूले खुसी सटाउछन् !!
ढुकुटी रित्तो भएपनि तर जनताले कर तिरीरहन्छन् !
भ्रष्टाचार गरेर ढाकछोप गर्न उल्टै धुम मच्चाउछन् !!
गरि खानेको खोइरो खन्ने मेरो देशमा शान्ति छैन हेर!
अशान्ति र आन्दोलन गरेर नेताहरूले धन कमाउछन्!!
– निरज खत्री छेडागाड नगरपालिका ११झाप्रा
जाजरकोट