१२ जेठ बाँके/ स्वर्गीय नेता रत्नप्रसाद शर्मा न्यौपानेको चौथो स्मृति दिवस आज विभिन्न कार्यक्रमद्वारा मनाइदैछ।
पश्चिम जाजरकोटको सुवानाउली हाल छेडागाड नगरपालिका वडा नम्बर ६ स्थित माता लीला शर्मा र पिता काशीराम शर्माको कोखबाट २०२३ साल पौष २० गते जन्म भएको थियो।
नेता न्यौपानेले २०३२ साल बाट प्रारम्भिक शिक्षा सुरुवात गरी जनविकास प्राथमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए। २०३६ साल जनप्रिय माध्यमिक विद्यालय दशेरामा माध्यमिक तहको शिक्षा हासिल गर्न भर्ना भएका थिए। २०४१ सालमा एसएलसी परीक्षामा सहभागी भई जाजरकोट जिल्लाकै प्रथम भएर जन प्रिय माध्यमिक विद्यालयको सिर ठाडो पारेका थिए।
२०४४ सालमा उच्च शिक्षा हासिल गर्नका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज भर्ना भई आइएसी उत्तीर्ण गरेका थिए
नेता न्यौपानेले उच्च शिक्षा हासिलका निमित्त बुटवल बहुमुखी क्याम्पस भर्ण भई २०४५ सालमा गणित विषयबाट स्नातकोत्तर
गरेका थिए।
त्रिभुवन विश्वविद्यालय काठमाडौँबाट गणित राजनीतिकशास्त्र अर्थशास्त्र कानुन र जनप्रशासन पाँचवटा विषयबाट डिग्री प्राप्त गरेका थिए।
२०४६ सालमा काठमाडौँ पढ्दै गर्दा मसाल पार्टीको सदस्यता प्राप्त गरेका थिए यस्तै २०५० सालमा नेकपा एमाले जाजरकोटको सचिवको जिम्मेवारी प्राप्त गरी आफ्नो राजनीतिक यात्रालाई मजबुत बनाउन संगठन निर्माणको अभियानलाई अगाडि बढाएका योद्धा न्यौपानेले २०५६ साल को चुनावमा प्रतिनिधि सभा सदस्य म भारी मतका साथ विजयी भएका थिए।
जनताका अधिकारलाई सुनिश्चित पछि नपरेका नेता न्यौपाने पार्टीका विभिन्न जिम्मेवारीहरु सम्हाल्दै नेपाल किसान माहासंघ केन्द्रीय उपाध्यक्षको जिम्मेवारी प्राप्त गरेका थिए ।
पाटि स्थापना दिवस को अवसर पारि २०८२ बैशाख ९ म नेता न्यौपाने लाई कमन्युष्ट योद्धा घोषणा गरि केन्द्रीय पाटिले सम्मान गरेको थियो।
स्वर्गीय नेता न्यौपानेको निधन २०७८ साल जेठ १२ गते covid 19 का कारण काठमाडौँमा भएको थियो।
स्वर्गीय नेता न्यौपानेको आज ऋषि स्मृति भवन वीरेन्द्रनगर सुर्खेत र वडा कार्यालयको सभाहल सुवानाउली भव्य कार्यक्रमका साथ मनाइँदैछ।