भलो गर्यौं चेला तिमीले गुरु कुटेर
कसको आदेश पालन गर्छौं मुटु सुनेर
चेला तिमीलाई ABC कखरा पढाएर
कलिला हात समाई अगाडि बढाएर
आज तिनै कलिला हातले गुरुलाई कुट्यौं
आदेश पाएर त लठ्ठी चार्ज गर्नलाई चुक्यौं
यीनै हुन तिम्रा प्यारा गुरु सम्मान गरेनौं किन
गुरुलाई सम्मान दिनपनि अगाडि सरेनौं किन
सायद अंक गणितमा हिसाब किताब मिलेन
सायद अंग्रेजी भाषामा तिम्रो निसाब मिलेन
गुरु सँगसँगै बढेको तिम्रो ज्ञान फगत भयो
कि सामाजिक सद्भाव सिक्न गलत भयो
लठ्ठी चार्ज, पानीका फोहोरा कसरी हान्यौं
गुरुलाई हान्नै पर्छ लखेट्नु पर्छ कसरी जान्यौं
तिमी देशको रक्षक बनेर ज्यानको बाजि थाप्छौं
आफुलाई सक्षम बनाउन गुरुलाई साक्षी थाप्छौं
आज के पायौं गुरु कुटेर भोलि त प्रमोसन पाउला
भलो गर्यौं गुरु कुटेर तिमीले अब कासन जमाउला
बढ्ला हैसियत भनेर कम्मर कसेर लाइनमा बसेर
मरणासन्न हुनेगरी कुट्यौ गुरु मुखमा मोसो दलेर