• २०८१, ९ माघ बुधबार
0 COMMENTS

२९ पुस कोहलपुर ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतमा सोमबार थुनछेक बहस भइरहेको छ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन मुद्दामा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार बिहान ११ बजेदेखि बहस सुरू भएको हो। 

११ जना सरकारी वकिलहरूले बहस गर्ने भनिएकोमा अहिलेसम्म ७ जनाले बहस गरिसकेका छन्। सरकारी वकिलहरूले सहकारीको बचत रकम गोर्खा मिडियामा लगेकोबारे सोही कम्पनीमा रहेका लामिछानेलाई थाहा हुनुपर्ने बताएका छन्।

साथै लामिछानेले हस्ताक्षर गरेका चेकहरू पनि देखिएको तथा संगठित र सहकारी ठगी मुद्दामा तीन वर्षभन्दा बढी सजाय माग गरिएकोले लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न सरकारी वकिलहरूले बहसका क्रममा उल्लेख गरेका छन्।
केही सरकारी वकिलले भने सहकारी पीडितका आँखाबाट पनि हेरिनुपर्नेमा जोड दिएका थिए। अझै चार जना वकिलहरूले बहस गर्न बाँकी छ तर जिल्ला न्यायाधीशले समय दिन्छन् वा दिँदैनन् यकिन छैन ।
अहिलेसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवाल लगायतले बहस गरिसकेका छन्।

सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेलगायत वकिलहरूले बहस गर्न बाँकी छ। यसपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।