• २०८१, ९ माघ बुधबार
0 COMMENTS

२९ पुस कोहलपुर ।।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा या साधारण तारेखमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे आज सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुने भएको हो ।

आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन । त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएका थिए । उनी काठमाडौं प्रहरीको हिरासतमा छन् । प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।