पुस १६ कोहलपुर ।।
भेरी नगरपालिका जाजरकोटमा सयुक्त प्रेस बक्तब्य जारी गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तर्फबाट तालाबन्दी भएको छ ।
विभिन्न एजेन्डा हरुको माग गर्दै कांग्रेस स्थानीय सभा दलको तर्फबाट दल बहादुर राना र माओवादी केन्द्रको तर्फबाट वीर बहादुर चन्दले हस्ताक्षर गरि स्थानीय कायकर्ता को ताम्झाम सहित नगरपालिकामा तालाबन्दी गरेकाहुन । नगरपालिकाले गर्नेजनताको अस्तित्वको हनन गर्दै अरु भन्दा भुकम्पपीडित को दोर्सो किस्ता सम्मा नगरपालिकाले नहालेको जिकिर गरेका छन यस्तै सयुक्त प्रेसवक्तव्य जारी गर्दै शिक्षा , स्वास्थ ,कृषि लगाएत विभिन्न बिषय मा नगरपालिकाले ध्यान नदिएसम्म हामी चुप लाग्दैनौ स्थानीयसभादल प्रमुख रानाले बताए । नगरपालिकामा भएका विभिन्न हर्कत हरुलाइ सुल्झाउन समेत आग्रह गरेका छन ।।
भेरी नगरपालिकाको कार्यापालिका बैठक विगत साढे १ महिनादेखि बस्न सकेको छैन। बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न पटकपटक माग गरेपनि सुनुवाइ नभएपछि नगरपालिकाको प्रशासकीय भवनमा तालाबन्दी गरिएको हो