• २०८१, ९ माघ बुधबार
0 COMMENTS

२६ मंसिर सुर्खेत ।।
कांग्रेस नेता एवं कर्णाली सरकारका पुर्व मुख्यमन्त्री मा. जिवनवहादुर शाहीले यतिवेला सिङ्गो कर्णालिका जनताको माया पाइरहेका छन । बिगत केही महिनादेखी काठमाडौ बसि आफ्नो असत्य माथिको सम्मानित विशेष अदालतबाट सत्यको सफाइ प्राप्त पछि उहाँ अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेत हुँदै आफ्नो गृह जिल्ला हुम्ला पुगि सम्मान,स्वागत,बधाइ एवं नागरिक अभिनन्दन मा जनता सग खुसी साट्दै हुनुहुन्छ ।

सधै जनतालाइ जनार्धन मानी जनताको हरेक सुख दुखमा रमाउदै हिड्ने जीवन साच्चै आम कर्णालिको जीवन को रुपमा स्थापित हुनुहुन्छ ।
नेपाली कांग्रेसका केन्द्रिय कार्यसम्पादन समिती सदस्य , कर्णालि सरकारका पुर्व मुख्यमन्त्री एवं कांग्रेस कर्णाली प्रदेस का संसदीय दलका नेता समेत रहनुभएका नेता शाही यतिबेला हुम्ली जनतासग आज बिहाना सुर्खेत बाट हुम्लाको सिमकोट तर्फ लाग्नुभएको थियो । हुम्लामा विभिन्न कार्यक्रममा सरिक भइ पुन कर्णाली प्रदेश सुर्खेतमा फिर्ताहुने उहाको सचिवालयबाट जानकारी प्राप्त छ । उहाँ सगै कांग्रेस कर्णाली प्रदेस सभापति ललित जंग शाही , कर्णाली प्रदेश जलस्रोत मंत्री मा.बिजया बोहरा , कांग्रेस कर्णालिका प्रवत्ता दमन शाही लगायत नेताकर्यक्रता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।