• २०८१, ९ माघ बुधबार
0 COMMENTS

मंसिर २४ नेपालगन्ज । सुर्य अस्ताइ सकेको थियो। लेक र डाडाहरुमा बाकी रहेका सुर्यका किरणहरुको चमक घोइलिदै गैरहेका थिए। चराचुरुङ्गी र कागका बथानहरु आ-आफ्नो बास्स्थानतिर हतार हतार उडिरहेका थिए। दिन बिस्तारै गोधुली साझमा ढल्दै थियो। एउटा यात्री पहाडको टुप्पोबाट फेदिमा झर्ने हतार गर्दै थियो। बिल्कुलै नयाँ ठाउँ, नयाँ परिबेश। अन्जान र अपरिचित बाटा र मान्छेहरु । डर,अत्यास र निस्याइलो लाग्दो त्यो पहाडको टुप्पोबाट ती अन्जान र अपरिचित बाटाहरुलाइ थिचोल्दै सकेसम्म छिटो फेदिमा पुग्ने लक्ष्य बाहेक अरु केहि छैन उसको। यहि मनसाय र लक्ष्यको साथ एउट यात्री पहाडको टुप्पोबाट हतार हतार फेदिमा झर्दै थियो। डाडाहरु रसाउदै थिए दिन रातमा परिनत हुँदै थियो। कहि कतैबाट एउटा अस्पस्ट आवाज त्यो यात्रीको कानमा ठोकियो त्यो निरस, अत्यास र उराठ लाग्दो त्यो परिबेशमा त्यो समयमा त्यो घोइलो आवाज मानिसको हो या कुनै पशुपन्क्षिको हो कहाबाट आइरहेको छ।यो आवाज हो या मेरै मनको प्रतिध्वनी हो उसले ठम्याउनै सकिरहेको थिएन। उसका पदचापहरु फेदितिर लम्कदै थिए केहि तल झर्यो फेरि उसको कानमा आवाज ठोकियो यो आवाज पहिलेको भन्दा अलि ठूलो तर अस्पस्ट थियो। यात्री एकछिन रोकिएर कान थापेर आवाज सुन्ने प्रयास गर्यो तर आवाज स्पस्ट सुनिएन । यो कस्को आवाज हो? कहा बाट आइरहेको छ? यो आवाज हो या के हो? यात्री अचम्ममा पर्यो। उसका कदमहरु रोकिएका छैनन। उसलाइ फेदिमा पुग्ने हतारो छ।फेरि उसको कानमा आवाज ठोकियो यसपटक आवाज ठुलै थियो तर अस्पष्ट। यात्रीले आफ्ना पदचापहरु रोकेर अडियो र आवाज सुन्ने प्रयास गर्यो अलिली सुनिएझै भयो अलि तल झर्यो र रोकिएर फेरि त्यो आवाज आएतर्फ कान थाप्यो अहिले चाहिँ सानो मन्द मन्द आवाज बुजेझै लाग्यो त्यो आवाज थियो स्वतन्त्रता! स्वतन्त्रता! यात्रीमा उत्सुक्ता जाग्यो कस्को आवाज हो यो कहाबाट आइरहेको छ। कस्ले के भन्न खोज्दै छ। रात छिप्पिदै छ। यात्रीलाई एकातिर फेदिमा पुग्ने हतार अर्कोतिर त्यो आवाज जस्ले यात्रीमा झनै हतार त्यो आवाजप्रती चासो र कौतुहल्ता जागेको छ। उसका पाइलाहरु फेदितिर तिब्र लम्किरहेका छन। अहिले चाहिँ आवाज स्पष्ट सुनियो। त्यो आवाज थियो स्वतन्त्रता ! स्वतन्त्रता !स्वतन्त्रता ! यो आवाज सुनेर यात्री दुखित भयो। कसको आवाज हो यो। कसलाइ कसले दमनमा पारेकोछ। कसको आवाज हो यो कसले कसलाइ अन्याय र अत्याचार गरेको छ। यात्रीलाई यो आवाजले निकै भावुक र उत्तेजित बनायो। यात्री जति फेदिको नजिक पुग्छ यो आवाज उति उति चर्को चर्को स्वरमा बिलौना गरिरहेको छ पुकार गरिरहेको छ स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! यो आवाजले यात्रीमा निकै पीडा भयो। कसको आत्मा हो यो। यो आत्मालाइ कसले बन्धनमा पारेर कैद गरेको छ। यो आत्माको कसले किन दमन र सोसन गरिरहेको छ। के यो आत्मालाइ स्वतन्त्र हुने अधिकार छैन र? के यो आत्मालाई स्वतन्त्र भै जिबित हुने आफ्ना सपनाहरु पूरा गर्ने अधिकार छैन र? रात छिपिदै थियो। यात्री फेदिमा पुग्यो कहि पर टाढा धिपधिप आगो बलेको देख्यो यात्री त्यतै तर्फ लाग्यो। यात्री जति जति त्यो आगोको नजिक नजिक जान्थ्यो त्यो आवाज उति चर्को र बेजोड हुन्थ्यो। त्यो आवाजले एउटै पुकार गरिरहेको थियो स्वतन्त्रता !स्वतन्त्रता !स्वतन्त्रता ! यात्रीलाई त्यो आवाज त्यो बिलौना प्रती दया र त्यो आवाजलाइ कैद गर्ने दमन गर्ने प्रती रिस उठिरहेको थियो। यो जमानामा यो ब्यबस्थामा पनि प्रशाशक होस या शासक, जमिनदार होस या ब्यपारी कोहि कसैले कोहि कसैलाइ दास र गुलाम बनाउन मिल्छ? अन्याअत्याचार गरेर शोषन दमन गर्न पाइन्छ? बिचरा को होला यो कसको आत्माहोला यो। कति पीडा छ होला यो आत्मालाइ। स्वतन्त्रता र उन्मुक्तिको यस्तो बिलौना गर्दा पनि कुरा नबुझ्ने नसुन्ने अलिकती माया र दया भाब नजाग्ने को निर्दयी दुष्ट ब्यक्तिहोला। यात्री खोलाको छेउ पुग्छ त्यही पारी पट्टि एउटा घर छ। आगो बलेको छ। त्यही घरबाटै आवाज आइरहेको छ स्वतन्त्रता ! स्वतन्त्रता !स्वतन्त्रता ! अब यात्री स्पष्ट र ढुक्क भयो कसैको आत्मालाइ,स्वतन्त्र हुने कसैको बिचारलाइ यहि घरमा पो कोहि निर्दयी दुष्टले कैद गरेको रहेछ। दमन सोसन गरि अन्याय अत्याचार गरेको रहेछ। यो आत्मालाइ आज स्वतन्त्रता दिलाउनुपर्छ, स्वतन्त्र हुन चाहाने यो आत्माको इच्छा र हुटहुटिलाइ पुरागरिदिनुपर्छ र यसको निम्ति मैले हिम्मत गर्नै पर्छ। अन्याय अत्याचारमा परेकालाइ न्याय दिलाउनु, शोसन र दमनमा परेकालाइ स्वतन्त्र बनाउनु, ठगिएका, हेपिएका र मिचिएकालाइ सहयोग गरि अधिकार दिलाउनु जागृत मान्छेको कर्तब्य हो र यो कर्तब्य पूरा गर्न मैले हिम्मत गर्नै पर्छ। ताकी भोलिका दिनमा मेरा सन्ततिलाइ कोहि कसैले अन्याय अत्याचार र शोसन दमन गर्न नपावस र आट पनि नगरोस। यसका निम्ति पनि मैले गलत सस्कारको बिरुद्ध र असल सस्कारको निम्ति संघर्ष गर्ने हिम्मत गर्नै पर्छ यी र यस्तै कुराहरु सोच्दै खोलो तर्छ र त्यो घरमा जान्छ। त्यो सानो चिटिक्क परेको घर। घरको छेवैमा करेसावारि, एक छेउमा पानीको धारो र सिंचाइ गर्ने कलकल बगिरहेको कुलो। आगनको छेउ छाउमा मनमोहक फुलहरु। सानो परिवार खुशी परिवार। त्यही घरको बार्दालिको एक कुनामा पिंजडा र पिंजडाभित्र कैद गरिएको एक अबोध निरीह पंक्षि सुगा। त्यही सुगाले त्यही पिंजडाभित्रबाट स्वतन्त्रताको बिलौना गरिरहेको छ। स्वतन्त्र हुने इच्छाको पुकार गरिरहेको छ। खुल्ला आकासमा उड्ने रहर गरिरहेको छ। कैदबाट मुक्त हुने अनुरोध गरिरहेको छ। तर त्यो घरपरिवारको सुगाको त्यो बिलौना र पुकारप्रती कुनै चासो र वास्ता छैन। केही मिनेटको फरकमा पिंडाभित्र बाट सुगा त्यही आवाज निकालिरहेको छ। सुगाको त्यो आवज , त्यो पुकार, त्यो बिलौना र कैदबाट मुक्त हुन चाहाने त्यो लक्ष्यप्रती यात्रीको दया भाब जाग्छ। यात्री खाना खान्छ।कोठामा सुत्न जान्छ। सुगाले त्यही आवाज त्यही बिलौना गरिरहेको छ। स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! त्यो सुगाको आवाजले यात्रीको ध्यान खिचिरहेकी हुन्छ।त्यही सुगाको बारेमा सोच्दा सोच्दै लामो बाटो कुल्चेर आएको थकित यात्री निदाउन पुग्छ। एक्छिनपछी यात्री ब्युझिन्छ। फेरि उहीँ सुगागो आवाज स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! सुगा रफ्तारमा स्वतन्त्रता स्वतन्त्रता भनेर कराही रहन्छ। सुगाको त्यो बिलौनाले यात्रीलाई साहारै दया लाग्छ। मानिस होस या कुनै पशुपन्क्षी यसरी कैद गर्नु, उसको स्वतन्त्र भएर जिउने अधिकालाइ हनन गर्नु ठिक होइन। यसलाइ आज स्वतन्त्र छोडिदिनुपर्छ। जे पर्ला पर्ला यो सुगालाइ पिंजडाबाट निकालिदिनुपर्छ। यो आट मैले गर्नै पर्छ। सुनसान रात सबै चिर निद्रामा तर त्यो यात्री कसैको कल्याण सोच्दा सोच्दै निदाउनै सकिरहेको छैन। जुरुक्क उठेर जान्छ पिंजडाको छेवैमा पिंजडाको ढोका खोल्न। पिंजडाको ढोका खोल्न डराइरहेको छ यात्री।भित्रबाट सुगा पुरानै पुकार गरिरहेको छ स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! एउटा आत्मा एउटा प्राण जो स्वतन्त्रताको निम्ति तड्पिएको छ यसलाइ त न्याय दिलाउनै पर्छ।मैले हिम्मत गर्नै पर्छ मैले नगरे कस्ले गर्ने ? ढोका खोली दिन्छ। सुगा बेगले पिंजडाबाट हुत्तिएर खुल्ला आकासमा उडेर बिलिन हुन्छ। यात्री निकै खुशी हुन्छ। यसको स्वतन्त्र हुने बर्सौ बर्षको चाहाना आज मैले पूरा गरिदिए भनेर।कोठामा आउँछ। सुत्छ तर उसलाइ खुशिले गर्दा निद्रा नै पर्दैन।यात्री निकै खुशी र प्रफुल्ल छ। आज मैले कसैको आत्मालाइ स्वतन्त्र गराइदिए। आकासमा उड्ने, स्वतन्त्रभएर जिउने अधिकार दिलाइदिए। बिचरा कति आनन्दित भएकोहोला आज उसको आत्मा। बर्सौ बर्ससम्म थिचिएको,मिचिएको, बन्धन र कैदमा पारिएको आत्मलाइ मुक्त गराइदिए। त्यो आत्मले मलाइ कति आशिर्वाद दिदैछ होला। त्यो प्राण कति हर्सित र प्रफुल्लित होला। आज यात्री कसैको उद्धार गरेकोमा कल्याण गरेकोमा हर्सले निदाउनै सकिरहेको छैन। बल्ल तल्ल एकछिन निदाउछ अनि निद्राबाट ब्युझनछ फेरि उहि पुरानै आवाज आउँछ स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! यात्री अक्क न बक्कमा पर्छ। बाहिर हेर्छ मिरमिरे उज्यालो बाहिर निस्कन्छ पिंजडातिर हेर्छ। सुगा पिंजडा भित्र बसिरहेको छ ढोका खुल्लै छ भनिरहेको छ स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! यात्री जिल्ल पर्यो के हो यो ताल। यो के भैरहेको छ। मैले के गरे । यो सुगा के कस्तो खालको हो।त्यही क्षेण घरमालिक पनि आयो र भन्यो यो सुगा यस्तै हो हजुर। मैले थाहापाउदा देखि मेरो बाजेको पालादेखी अहिले मेरो पालासम्म यो यहि पिंजडामा छ। यो कहि कतै जान सक्दैन। तपाइजस्तै मान्छेहरुले यसलाइ धेरैपटक न्याय दिलाउन खोजे,यो कैद र शोषणबाट मुक्त गराउन खोजेर धेरैपटक पिंजडाको ढोका खोल्ने हिम्मत गरे र खोले पनि तर यो पिंजडा छोडेर कहि कतै जान सक्दैन। यसलाइ यहि बस्न बानी परिसकेको छ। यसलाइ स्वतन्त्र र खुल्ला आकास मन पर्दैन र आफ्नो तरिकाले जिउन हिम्मत पनि गर्न सक्दैन। यात्री तीन छक पर्छ भन्छ अनि यसले किन स्वतन्त्रता! स्वतन्त्रता! स्वतन्त्रता! भनिरहन्छ त? घर मालिक यो त मेरो बाजेको पालादेखी यसलाइ रटाइएको सिकाइएको शब्द मात्र हो। यसलाइ यसको अर्थनै थाहा छैन।यसले भन्छ मात्रै भनेअनुसार बन्धनबाट मुक्त हुने हिम्मत र साहास यसमा छैन। यसको कल्याण गर्न धेरैले खोजे जोखिम पनि मोले तर यसले भन्छ मात्रै हिम्मत गर्दैन त्यसैले त मेरो बाजेको पालादेखी अहिले मेरो पालासम्म यो आफै आफ्नै कारण र आफ्नै मतिबुद्धिले गुलाम र कसैको घरको निम्ति एक पाले भएर परनिर्भर भइ बसेको छ।तपाईं पनि भ्रम्मा पर्नुभयो मोहदय! यसको तात्पर्य हाम्रा स्वतन्त्रताको कुरा, हाम्रा उन्मुक्तिका कुरा र हामिले गर्ने अन्या,अत्याचार र बेथितिबिरुद्धका कुरा र गफ पनि उहीँ सुगाले स्वतन्त्रताको बिलौना गरेझै मात्र रहेछन भन्ने कुरा २०८१ मंसिर १६ गते भएको उपनिर्बाचनलेन पुष्टि गरिदिएको छ। अघिपछी हामी परिबर्तनका कुरा गर्छौ, भ्रष्टाचार र बेथितिकाबिरुद्ध खरो कुरा गर्छौ, नेताहरुले ठगे, लुटे, झुट बोले भनेर कुर्लन्छौ तर हाम्रो त्यो कुर्लाइ सुगाकोभन्दा फरक र बढिरहेनछ भन्ने कुरा पनि यहि उपनिर्बाचनले सिद्ध गरिदिएको छ। यो हाम्रो भोगाइ , यो हाम्रो नियती, यो हाम्रो पछौटेपन, यो हाम्रो दरिद्रता, यो जीवन शैली हाम्रै नियत र सोचको प्रतिफल हो। कोहि हामिलाइ बचाउन भनेर आउँछ। कोहि हाम्रो कल्याण र उद्धारको निम्ति आफ्ना खुशी र रहरहरुलाइ मारेर आउँछ र हाम्रानिम्ति सर्बकल्यानका ढोकाहरु खोल्ने आट गर्छ तर हामीलाइ पुरानै गनाउने खोरमै कोचिन मन लाग्छ। यसरी यो शैलिले हुन्छ त हाम्रो परिवर्तन? बन्छ त नयाँ नेपाल? अब हिम्मत गर्नु पर्दैन र? अब हिम्मत र साहास गर्ने बेला होइन र? हामिले नगरे कस्ले गर्ने? अहिले नगरे कहिले गर्ने? कि त साहास गरौ यदि साहास गर्न सकिँदैन भने गोहिका आँसु झारेर परिबर्तनका कुरै नगरौ। अघिपछी परिबर्तनका ठुला गफ चुट्ने जब परिबर्तन गर्ने र परिबर्तन हुने समय आउँछ तब पुरानै रबैया अप्नाउने यो गद्धार शैलिले न हामी बन्छौ न देश भन्छ। यसका निम्ति त हिम्मत गर्नैपर्छ मित्रहरु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।