राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले औपचारिक डकुमेन्टहरू सार्वजनिक नगर्नुले ऋण हो वा अनुदान भन्नेमा आम नागरिकमा आशंका पैदा भएको जिकिर गरे ।