• २०८२, ७ कार्तिक शुक्रबार
0 COMMENTS

जाजरकोट, असोज २० — जाजरकोट जिल्लाको कुशे गाउँपालिका–२, टालेगाउँ हिताघर कालिका डाँडास्थित जयबहादुर सिंहका भाइ करिब ४० वर्षीय रामबहादुर सिंह 

     १५ दिनदेखि बेपत्ता भएका छन्।

परिवारका अनुसार रामबहादुर सिंह लामो समयदेखि भारतको उत्तराखण्ड राज्यअन्तर्गत उत्तरकाशी जिल्लामा आफ्नै दिजु र दिजु–बजेसँग बसोबास गर्दै आएका थिए। तर गत १५ दिनयता उनी आफ्नो दिजुसँग र अन्य आफन्तहरूसँग पनि कुनै सम्पर्कमा नआएको उनका दाजु जयबहादुर सिंहले जानकारी दिनुभयो।

घरपरिवारले धेरै प्रयास गर्दा पनि हालसम्म कुनै जानकारी नआएपछि खोजतलासका लागि सार्वजनिक सूचना जारी गरिएको छ। सम्भावित ठाउँहरूमा खोजीकार्य जारी रहेको र भारतस्थित सम्बन्धित निकायहरूमा पनि खबर गरिएको जयबहादुर सिंहले बताउनुभयो।

रामबहादुर सिंहको शारीरिक विवरण अनुसार ऊनको कद मध्यम, शरीर सानोतिनो मजबूत, अनुहार गोरो, र बोलचालमा नेपालीसँगै केही हिन्दी पनि बोल्ने बताइएको छ।

उनी अन्तिम पटक भारतको उत्तरकाशी जिल्लामै देखिएको अनुमान गरिएपनि ठ्याक्कै कुन ठाउँमा पुगे भन्ने यकिन हुन सकेको छैन।

कहीँ कतै देख्नुभएको वा जानकारी पाउनुभएको महानुभावहरूले तुरुन्तै तल उल्लेखित सम्पर्क नम्बरहरूमा खबर गर्न परिवारले अनुरोध गरेको छ।

सम्पर्क नम्बरहरू:
📞 जयबहादुर सिंह (भारत) – 9875138046
📞 नवराज सिंह (नेपाल) – 976470750

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।