जाजरकोट ।
छेडागाड नगरपालिका वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी १२७ जनाले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।
छेडागाडको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन भएको छ।नेकपा एमालेको किल्लाका रुपमा मानिएको ठाउ बाट नै विभिन्न राजनीतिक पार्टीका १२७ जना कार्यकर्ताहरूले आफ्नो पुरानो पार्टी छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। यस घटनाले क्षेत्रीय राजनीतिक स्थिरतामा प्रभाव पर्ने अनुमान गरिएको छ।
वडा नं ४ का यस ठूलो संख्याको प्रवेशले राष्ट्रिय स्वतन्त्र पार्टीको क्षेत्रीय शक्ति थप बलियो भएको छ। प्रवेश गर्नेहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको विचारधारा र लक्ष्यप्रति आफ्नो विश्वास व्यक्त गरेका छन्।
आगामी स्थानीय निर्वाचनमा प्रभाव पार्ने सम्भावना छ । रा स्व पा जाजरकोटका सचीव कर्ण प्रसाद जैसी ले जानकारी दिए राजनीतिक समीक्षकहरूले यसलाई क्षेत्रीय राजनीतिक गतिशीलताको महत्वपूर्ण संकेतको रूपमा लिएका छन्। पार्टीका लागि यो ठूलो सफलता मानिएको छ र आगामी दिनहरूमा थप सदस्यता विस्तार हुने अपेक्षा गरिएको छ।