• २०८२, ६ श्रावण मंगलवार
0 COMMENTS

जाजरकोट जिल्ला भेरी नगरपालिका –७ मिथ्याङ्ग्रा स्थित सुर्यज्योति आधारभूत विद्यालयमा आवश्यक भवन र कक्षाकोठा नहुदा विद्यार्थीहरुको पठनपाठन अप्ठ्यारो परिस्थितिमा सञ्चालन भइरहेको छ । यस विद्यालयमा गत माघ महिनामा पुर्वाधार विकास कार्यालय जाजरकोटबाट ३ कोठे भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भई गत फागुन १५ भित्र ठेक्का प्रक्रिया सकिएको थियो । उक्त भवन निर्माणको कार्य असार महिना लागिसक्दा पनि सुरु भएको छैन । ठेक्केदारवाला कम्पनीको लापरवाहीका कारण भवन निर्माण कार्य अलपत्र परेको स्थानीय समाजसेवी जनक बहादुर थापाले भेरीकर्णाली अनलाइनखबरसँग गुनासो पोखेका छन् ।
विद्यालयका कार्यालय सहायक खिम बहादुर अधिकारीका अनुसार उक्त भवन निमार्णको जिम्मा लिएको ठेक्केदारवाला कम्पनी के आर विल्डर प्रा.लीले अर्को स्थानीय ठेक्केदारलाई जिम्मा दिन खोज्दा ठेक्केदारले गरेको चरम लापरवाहीको कारण भवन बन्न नसक्दा विद्यालयमा आवश्यक कक्षाकोठा नहुदा बसाई व्यवस्थापनमा समस्या भएकोले विद्यार्थीहरू विद्यालय नआउने र विद्यार्थीको भविष्य नै अन्यौलमा परेको प्रति गुनासो गर्दै निर्माण कम्पनीले समयमा भवन निर्माण गरिदिएको भए विद्यार्थी र कर्मचारीहरूले काम कार्वाही सञ्चालन गर्न सहज हुने थियो । अधिकारीले भेरीकर्णाली अनलाइनखबरसँग बताएका छन् ।
स्थानीय समाजसेवी थापाका अनुसार विद्यालयको भवन निर्माणको कार्यको जिम्मा लिएको के आर विल्डर कन्ट्रक्सन प्रा.ली सँग आफुले कुरा गर्दा निर्माण जिम्मा स्थानीय ठेक्केदारलाई दिदाँ समस्या भएको के आर विल्डर कन्ट्रक्सनका सहायक प्रोप्राइटर धनजित मल्लले आगामी चरणको काम आफैले निर्माण थाल्ने जानकारी दिएको थापाले भेरीकर्णाली अनलाइनखबरलाई जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।