• २०८२, १० बैशाख बुधबार
0 COMMENTS

बाके । नेपालकै पहिलो क्याम्पस त्रिचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार उनी एक हजार २१५ मत ल्याएर विजयी भएका हुन् ।

कोइरालाका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ मत प्राप्त गरे भने अनेरास्ववियुका स्ववियु अध्यक्ष उम्मेदवार प्रमित विष्टले ४३१ मत पाए ।

 विष्ट अनेरास्ववियुसहित सात संगठनको गठबन्धनका उम्मेदवार थिए । दुई हजार ६७१ विद्यार्थी मतदाताले मतदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।