४ माघ कोहलपुर
भेरी कर्णाली अनलाइनखबर सम्वाददाता ।
नेकपा एमालेका सचिव लेखराज भट्टले आफूहरु एमालेमा हेपिएको गुनासो गरेका छन्। पूर्वमाओवादी पृष्ठभूमिका नेता भट्टको एमाले अध्यक्ष केपी ओलीले आफूहरुलाई आतंककारी भएकोप्रति असन्तुष्टि जनाएका छन्।
अध्यक्षका लागि कुरा त गरेकै हो, रिपोर्ट पनि गरिएकै हो । तर नेतृत्वले त्यसलाई गम्भीरतापूर्वक लिएन । यो समस्या हामीमा छ । मलाई के हो त भन्दा प्रचण्डसँग जुधेको जस्तो म अहिले केपीसँग जुध्न सक्दिनँ । किन भने त्यहाँ लडेर आइएको छ, यहाँ केपी भनिएको छ, नेतृत्व स्वीकारिएको छ । अहिल्यै लड्ने कुरा भोलि नेतृत्वले त्यसलाई नेगेटिभ लिँदा समस्या हुन्छ ।
हाम्रो एमालेमा त म भन्ने छ नि त अहंकार नेताहरूमा म । मार्कसिजम भन्छ नि म भनेर । मबाहेक रहने छैन भनिन्छ । मेरो के हुन्छ भने या त मैले अन्य पार्टी खोल्नुपर्छ कि त सन्यास लिनुपर्छ । अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ, अहिले बेलै भएको छैन।
भर्खर हामी आएका हौँ, उहाँले हामीलाई राम्रोसँग बुझ्नु भएको छैन । तर हामीले त बुझिसकेका छौँ । उहाँहरूले हामीलाई बुझ्नु भएको छैन । अहिले टोपबहादुर भित्र पस्नु भयो । खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन् । म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् ।
कहिले अध्यक्ष मञ्चमा हामी छौँ, आतंककारी भनिदिनुहुन्छ हामीलाई । अपराधी र हत्यारा भनिदिनु हुन्छ हामीलाई । तर हामी अहिले पनि गर्व गर्छौँ । जनयुद्ध नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नु हुन्नथ्यो । त्यो ठाउँ उहाँले पाउनु हुन्थेना ।