• २०८१, १० माघ बिहीबार
0 COMMENTS

कोहलपुर ।।।जाजरकोट केन्द्रविन्दु बनाएर बिहीबार बिहानै भूकम्प गएको छ।

जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहीबार बिहान ६ बजेर ३३ मिनेटमा भूकम्प ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आसपासका जिल्लामा समेत महशुस गरिएको छ।

यसअघि मंगलबार बाजुरा केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

गत वर्षको कात्तिकमा जाजरकोट नै केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पले ठूलो मात्रामा क्षति गराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।