• २०८१, १० माघ बिहीबार
0 COMMENTS

७ पुस कोहलपुर ।।
जाजरकोट जिल्ला छेडागाड नगरपालिकामा नेपाली कांग्रेस को केन्द्रिय नीति अनुसार १०० दिने बिशेष अभियान सुरु भएको छ।
अभियानको पहिलो संकल्प संगठननिर्माण र सुदृढीकरण नेपाली कांग्रेसको बिधानमा उल्लेखित छ । यस बिधानका अनुसार नेपाली कांग्रेसका भातृसंगठन मजबुत तथा टोलकमिटी गठन जस्ता कुरामा सकृयता देखाउनु पर्ने बताएको छ ।

विधानअनुसार पाटिका प्रत्यक वडाकार्यसमिति ,नगरकार्यसमिति देखी लिएर प्रदेशसभा ,जिल्लाकार्य समितिले जुन तहले गर्नुपर्ने काम हो त्यो गरेका छन् कि छैनन अनुगमन हुने छ।
नेपाली कांग्रेस जिल्लाकार्य समिति जाजरकोट का अनुसार
स्थानीय तह र पार्टीबीचको समन्वयको विषय पनि रहने बताए ।
यस्तै विभिन्न बिषयलाइ लिएर जिल्लाको छेडागाड नगरपालिका बाट अभियानको सुरुवात भएको कांग्रेस ले जनाएको छ ।
अभियानको शुभारम्भ भब्य रुपमा भएको भएको छ।

अभियानमा नेपाली कांग्रेस जाजरकोटका का बा सभापति खडक बि सि , जि.का.उप- सभापति एवम् छेडागाड नगरपालिका नगर प्रमुख रत्नाबहादुर खड्का ,जि.का.सह-सचीव खडक बि सि, प्रदेशसभा (ख) का सभापति जनकराज शर्मा , छेडागाड नगरपालिका नगरसभापति टोपेन्द्रअधिकारी लगाएतका नेता हरुको उपस्तिथि रहेको थियो ।
यस्तै अभियानको शुभारम्भमै अन्यपाटी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश पनि गरेका छन ।
एकीकृत समाजबादी पार्टीबाट छेडागाड १ निवासी यकराज बस्नेत ,१0 न बाट एमाले परित्याग गरि रत्ना नेपाली ,दलु नाथ योगी ,चक्र नाथ योगी लगाएत कार्यकर्ताले पाटी प्रवेश गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।